कात्तिकमा निक्षेपको ब्याजदर नबढेपनि कर्जाको बढ्ने

काठमाडौं । वाणिज्य बैंकहरुले कात्तिकमा निक्षेपको ब्याजदर नबढाउने भएका छन् । असोजमा निक्षेपको ब्याजदर बढेकाले उनीहरुले कात्तिकमा नबढाउने जनाएका हुन ।

गत चैत देखि भदौसम्म वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राखेका थिए । जसअनुसार एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याजदर कायम गरिएको थियो ।
गत भदौमा बैंकहरुले १० प्रतिशत बिन्दुले निक्षेपको ब्याजदर बढाएर १२.१३३ प्रतिशत पुर्याएका थिए । अब कात्तिकमा पनि सोही दर प्रकाशित गर्ने छन् ।

गत साउनदेखि पुरानो ऋणको ब्याजदर नबढाएका बैंक तथा वित्तीय संस्थाले आधार दर (बेस रेट) मा भएको वृद्धिअनुसार कात्तिकदेखि लागू हुने गरी बढाउने भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here