मंसिरसम्म लम्बियो गाडी,मोटरसाइकल र मदिरा आयातको प्रतिबन्ध

काठमाडौं, २८ असोज । सरकारले गाडी, मदिरा, ३ सय डलरभन्दा बढिको स्मार्ट फोन र १ सय ५० सीसी माथिका मोटरसाइकलको आयात प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ। सरकारलेसो प्रतिबन्धलाई मंसिर मसान्तसम्मका लागि कायम राखेको हो।

असोज २८ गतेसम्मका लागि भन्दै यसअघि १० मध्ये ६ बस्तुको आयात खुलाएकोमा सरकारले ४ बस्तुको प्रतिबन्धलाई पुन निरन्तरता दिएको हो।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्ले प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here