अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र बिमा समितिलाई निर्वाचन आयोगले स्पष्टिकरण सोध्यो, जवाफ दिने म्याद तीन दिन

काठमाडौं । आचार संहिता विपरित लाइसेन्स वितरण गर्न लागेको भन्दै निर्वाचन आयोगले अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र बिमा समितिलाई स्पष्टिकरण सोधेको छ । आयोगले शनिबार पत्र लेखेर ती निकायलाई स्पष्टिकरण सोधेको हो । पत्रमा सबै सरोकारवालाहरुलाई तीन दिन भित्र जवाफ पठाउन भनिएको छ ।

आचार संहिता विपरित सरकारले विभिन्न क्षेत्रमा लाइसेन्स वितरण गर्न थालेको सम्बन्धमा सञ्चारमाध्यममा समाचारहरु आएका थिए । ती समाचारका आधारमा निर्वाचन आचारसंहिताविपरीत कार्य रोक्न आवश्यक आदेश जारी गर्न माग गर्दै शुक्रबार उपभोक्ता हित संरक्षण मञ्जले आयोगमा उजुरी दर्ता गरेको थियो । सोही उजुरीका सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको निर्वाचन आयोगले बताएको छ ।

निर्वाचन आचारसंहिता लागू भै सकेको अवस्थामा त्यहाँबाट लाइसेन्स वितरण गर्ने सम्बन्धमा कुनै प्रक्रिया अगाडि बढाइएको छ, छैन ? त्यहा“बाट लाइसेन्स वितरण गर्ने सम्बन्धमा कुनै प्रक्रिया अगाडि बढाइएको भए निर्वाचन आचारसहिता विपरीतको उक्त कार्य किन रोक्नु नपर्ने हो ? भन्दै आयोगले अर्थ मन्त्रालय, बिमा समिति र धितोपत्र बोर्डलाई स्पष्टिकरण सोधेको हो ।

हाल धितोपत्र बोर्डले स्टक एक्सचेञ्ज, वस्तु बजार एक्सचेञ्ज र धितोपत्र ब्रोकरको लाइसेन्स वितरण गर्न लागेको छ भने बिमा समितिले सात वटै प्रदेशमा लघुबिमाको लाइसेन्स वितरण गर्न आवेदन संकलन गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here