फेसियल हाउसको नयाँ शाखा धनगढीमा

काठमाडौं । नेपालको प्रख्यात ब्यूटी सैलुन फेसियल हाउसले छैटौं शाखा धनगढीमा संचालनमा ल्याएको छ ।

धनगढीको चौडामा एक कार्यक्रमकाबीच वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी प्रबन्ध निर्देशक शुष्मा महरा र कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

फेसियल हाउसकी प्रबन्ध निर्देशक महराले सेवाग्राहीहरूले देशभर गुणस्तरीय सेवा खोज्न थालेपछि फेसियल हाउसको शाखा अन्य स्थानमा पनि क्रमशः विस्तार गरिने बताइन् ।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुँवरले आर्थिक मन्दीको यस्तो अवस्था रहेको बेलामा र वित्तीय क्षेत्रले समेत लगानी गर्न नसकेको अवस्थामा यस ठाउँमा लगानी गरेर व्यवसाय स्थापना गरेप्रति फेसियल हाउसलाई धन्यवाद दिए ।

फेसियल हाउसले अहिले काठमाडौंको काठमाडौं मल, चाबहिल र सीटीसी मलका साथै उपत्यका बाहिर पोखरा, सुर्खेतबाट गुणस्तरीय सेवा दिदैँ आएको छ ।

धनगढीमा सञ्चालनमा ल्याइएको फेसियल हाउसको नेतृत्व भने सविता ऐयरले गर्ने छिन् । धनगढीका मानिसहरुले गुणस्तरीय सेवा खोज्न थालेपछ यस स्थानमा गुणस्तरीय सेवा प्रदान गराउने उदेश्यले फेसियल हाउसको शाखा खोलिएको बताएकी छन् ।

मुख्य शाखा सुन्धारा रहेको फेसियल हाउसमा एकैपटक ८० जना भन्दा बढि सेवाग्राहीले सर्भिस लिने गर्दछन् । फेसियल हाउसले ब्यूटीसम्बन्धी तालिम दिनुका साथै हेयर, फेस सम्बन्धी समस्या, मेकअप , माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सन जस्ता थुपै सेवा दिँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here