अरिंगालले चिल्दा सल्यानमा आमाछोरीको मृत्यु, एक जना घाइते

काठमाडौं । अरिंगालले चिल्दा सल्यानमा आमाछोरीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

सिद्ध कुमाख–१ हममपालकी २१ वर्षीया शोभा बस्नेत बुढाथोकी र छोरी चार वर्षीया प्राप्ति बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सोमबार साँझ खेतमा धान काटी घर फर्किने क्रममा बाटोमा अरिंगालले तीनजनालाई टोकेको थियो। श्रीनगरस्थित परोपकार हस्पिटलमा सामान्य उपचार गरी थप उपचारका लागि कोहलपुर बाँके लैजाँदै गर्दा बाटोमै प्राप्तिको बाटोमै मृत्यु भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here