वर्षाले रेल फस्यो, ७ सय यात्रु ११ घण्टासम्म रेल भित्रै

भारतको मुम्बईमा ११ घण्टासम्म रेल भित्र फसेका ७ सय यात्रुको सकुशल उद्दार गरिएको छ ।

गृहमन्त्री अमित शाहले उक्त प्रयासका लागि सुरक्षाकर्मीलाई स्यावासीसमेत दिएका छन् ।

शुक्रबार मुम्बई नजिकै पर्ने बदलापुर स्टेशनबाट गुडेको यात्रुबाहक रेल लीकमा पानी भरिएपछि फसेको थियो ।

पानी रेलको माथि माथि चढ्दै जादा यात्रु ११ घण्टासम्म भित्रै फस्न बाध्य भएका थिए । शनिबार दिउँसो मात्र उनीहरुको उद्दार सम्भव भएको थियो । मुम्बईमा शुक्रबार देखिको अविरल वर्षाले जनजीवन प्रभावित भइरहेको छ ।

रेल, हवाई तथा सडक यातायात समेत प्रभावित भएको छ । शनिबार कैयौं उडान प्रभावित भएको भारतीय संचरमाध्यमले लेखेका छन् ।

महालक्ष्मी एक्सपे्रसको लीकमा पानी जमेको थियो ।

रेलमा फसेका यात्रुलाई बाहिर निकालेपछि १७ वटा बसमा राखेर सुरक्षित स्थानमा सारिएको थियो । उनीहरुलाई उद्दार गरी स्टेशनमा लगिएको छ ।

७ सय यात्रीका लागि उद्दार पछि मात्र बिस्कुट तथा पानीकाृ व्यवस्था हुन सकेको थियो । अब यात्रीहरुलाई अर्को विशेष रेलबाट सुरक्षित रुपमा गन्तब्यसम्म पुर्याउने तयारी भइरहेको छ ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here