खतरनाक पनि हुन सक्छ कस्मेटिक सर्जरी ! जानी राखाैं यी ५ कुरा

काठमाडाैं । कस्मेटिक सर्जरीको नाम सुन्ना साथ हाम्रो दिमागमा आफुले चाहेजस्तो स्वरुपको शारीरिक बनावट बनाउन सकिने चामत्कारीक मेडिकल साइन्स भन्ने कुरा आँउछ । आफ्नो शरीरको रुप जस्तो तपाई बनाउन चाहानुहुन्छ कस्मेटिक सर्जरीको माध्यमबाट पाउन पनि सकिन्छ ।

तर, सुन्दरतासँग जोडिएको यो शब्द जति धेरै आकर्षक छ यसको बारेमा सहि जानकारी हुन पनि त्यति नै आवश्यक छ । थाहा पाइराख्नुहोस कस्मेटिक सर्जरीको बारेमा यी ५ कुराहरु जो तपाईलाई थाहा नहुन पनि सक्छ

१. कस्मेटिक सर्जरी गर्न साथ तपाई आफुले चाहेजस्तो फाइदा पाउन सकिन्छ भन्ने धारणा गलत हो किनभने यो कुनै जादु होइन । सर्जरी गरेपछि ठिक हुनमा समय लाग्छ र पर्याप्त समय पछि मात्र नै सहि परिणाम पाउन सकिन्छ ।

२. केही कुराहरु त्यस्तो पनि हुन्छन् जो कस्मेटिक सर्जरीबाट पनि ठिक गर्न सकिँदैन् । कस्मेटिक सर्जरीको बारेमा डाक्टरसँग राम्रोसँग विचार विमर्श गरेरमात्रै यससँग सम्बन्धित कुनै निर्णय लिनुहोस अन्यथा पछुताउन पर्न सक्छ ।

३. कस्मेटिक सर्जरीबाट आफुले चाहेको जस्तो परिणाम पाउनको लागि सर्जरी गरेर मात्रै पुग्दैन । यसको परिणाम तपाईको दिनचर्या र खानपान मा पनि निर्भर गर्छ । एक्सरसाइजको पनि यसमा खास योगदान रहन्छ ।

४. शरिरको धेरै स्थानहरुमा कस्मेटिक सर्जरी गर्ने निर्णय गलत हुन सक्छ । एक समयमा दुई भन्दा धेरै सर्जरी गर्नु हुँदैन् ।

५. हतारमा वा आवश्यकता नभएको अवस्थामा कस्मेटिक सर्जरी गराउन् हानीकारक हुन सक्छ त्यसैले जरुरी नहँुदा सम्म कस्मेटिक सर्जरी नगराउनुहोस ।

एजेन्सीकाे सहयाेगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here