एक स्थानीय तह अझै वाणिज्य बैंक विहीन,२४७ बैंक तथा वित्तीय संस्थाहरु मर्जर प्रक्रियामा सामेल

काठमाडौं । देशका कुल ७५३ स्थानीय तहमध्ये ७५२ तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार २०७९ भदौं मसान्तसम्ममा देशका एक स्थानीय तह मात्रै वाणिज्य बैंक पुग्न सकेको छैनन् । २०७८ भदौसम्म ७५० स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए ।

यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७९ भदौ मसान्तमा १२५ रहेको छ । यसमध्ये २६ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६४ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७९ असार मसान्तमा ११,५२८ रहेकोमा २०७९ भदौ मसान्तमा ११,५८५ पुगेको छ ।

वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७९ भदौमसान्तसम्म कुल २४७ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् ।

यसमध्ये १७९ संस्थाहरुको इजाजत खारेज हुन गई ६८ संस्था कायम भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here