काठमाडौं । पशुपति विकास कोषले काठमाडौंको गौशाला धर्मशालामा मापदण्डविपरीत बनाइएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ ।
कोषले आज एक सूचना जारी गर्दै मारवाडी सेवा समिति नेपालद्वारा सञ्चालित गौशाला धर्मशाला सञ्चालक समितिलाई मापदण्ड विपरितका संरचनाहरु ३५ दिने भित्र हटाउन निर्देशन दिएको हो ।
धर्मशाला मारवाडी सेवा समिति नेपालले सञ्चालन गर्दै आएको छ । तोकिएको समयमा संरचना नहटाए कोषले नियमानुसार गर्ने जनाएको छ । कोषले समितिलाई गत असोज २६ गतेपत्र लेख्दै जानकारी समेत दिएको थियो ।