उपत्यकामा ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने, पटका पड्काए कारवाही

काठमाडौं, ५ कात्तिक । काठमाडौं उपत्यकामा ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय गरेको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले उक्त निर्णय गरेका हुन् ।

हिन्दु नेपालीको दोस्रो ठूलो पर्व तिहारमा रातिमा देउसी भैलो खेल्ने प्रचलन भएपछि सुरक्षा निकायले सुरक्षको मध्यनजर गर्दै देउसी भैलो खेल्न नदिने निर्णय गरेको जनाइएको छ ।

त्यस्तै, उपत्यकामा पटाका लगायतका प्रज्वलनशील बस्तु पड्काउन निषेध गरिएको छ ।

आतिसबाजी गर्न र पटाका नपड्काउन सवैमा जानकारी गराउने र सूचना अवज्ञा गरेमा कडा कारबाही गरिने निर्णय गरेको छ । ​आतिसबाजी नगर्न र पटाका नपड्काउन शनिवार बिहानबाट माइकिङ गरिने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here