नेप्सेको नयाँ वेबसाइट सञ्चालनमा आउँदै, नट्सको लगइन र यूजर आइडी अनिवार्य

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नयाँ वेबसाइट कात्तिक २७ गतेबाट पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ।

नेप्सेले आइतवार सूचना जारी गरेर नेप्सेको नयाँ वेबसाइट पूर्ण रुपमा सञ्चालनमा आउन लागेको जानाकारी दिएको छ । नेप्सेले नयाँ वेबसाइट संचालनमा ल्याउने भएकाले २५ गतेभित्र सूचीकृत कम्पनीहरुलाई नट्सको लगइन तथा यूजर आइडी लिन अनिवार्य रुपमा लिन पनि आह्वान गरेको छ।

कम्पनीहरुको सूचना तथा विवरणहरु नयाँ वेबसाइटमा मात्रै सार्वजनिक हुने र पुरानो वेबसाइट अन्तर्गतमा सम्पुर्ण लगइन र यूजर आइडी खारेज हुने भएका छन् ।

तसर्थ, तोकिएको समयभित्र सूचीकृत कम्पनीहरुले सूचना तथा विवरणहरु सम्प्रेषण गर्न नसके प्रचलित प्रावधान अनुसार हुने सूचनामा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here