आइतबार पनि दाेहाेराे अंकले घट्याे नेप्से

काठमाडौं, ९ साउन । साताकाे पहिलाे दिन आइतबार नेप्से परिसूचक १७.११ अंकले घटेर १ हजार २ सय ५२.८० अंकमा झरेकाे छ । जुन अघिल्लो दिनको तुलनामा १.३५ प्रतिशत कम हो ।

विहिबार पनि नेप्से १४ अंकले घटेकाे थियाे । यसरी लगातार दुई दिन दाेहाेराे अंकले नेप्से घट्नुलाई माैद्रिक नीतिकाे प्रभावकाे रूपमा हेरिएकाे छ ।

आइतबार सामुहिक लगानी काेष बाहेक अन्य सबै समूहकाे सूचक घटेको कारण सिङ्गो नेप्से परिसूचक नै घटेको हो । आइतबार सबैभन्दा धेरै निर्जीवन बिमा समुहको सूचक घट्यो ।
निर्जीवन बीमाकाे सूचक १.९६ प्रतिशतले घट्यो ।

त्यस्तै, लघुवित्तकाे १.८६, जीवन बिमाको १.७९, बैंकिङ समूहकाे १.३९, अन्यकाे १.०३, जलविद्युतकाे १ प्रतिशत, व्यापारकाे ०.९९ प्रतिशत, विकास बैंकको ०.९५ प्रतिशत, उत्पादनकाे ०.९२ प्रतिशतले घट्याे । सामूहीक लगानीकाेषकाे भने १.६४ अंकले बढ्याे ।

आइतबार १ सय ६६ कम्पनीको १९ लाख ३७ हजार ४१ कित्ता शेयर किनबेच हुँदा ४९ करोड २६ लाख ७३ हजार रुपैयाँको कारोबार भयो ।

आइतबार सबैभन्दा धेरै सिर्जना फाइनान्स वित्तीय संस्थाका शेयर धनीले कमाए । नेपाल लुबीको शेयर मूल्य ९.७२ प्रतिशतले बढ्यो ।

त्यस्तै, युनिभर्सल पावर कम्पनी लिमिटेडको ४.६० प्रतिशत, एनएमबी बैंक सुलभ लगानी काेषकाे ३.५९ प्रतिशतले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा यूनियन हाईड्रोपावरका शेयर धनी रहेका छन् । यूनियनको शेयर मूल्य ८.२३ प्रतिशतले घट्यो ।

त्यस्तै, युनाइटेड इन्स्याेरेन्सकाे ६.११ प्रतिशत, पाँचथर पावर कम्पनीको ५.७१ प्रतिशतले घट्यो ।

विहिवार सबैभन्दा धेरै कारोबार कृषि विकास बैंकले गरेको छ । बैंकले ४ करोड ८ लाख २४ हजार रुपैयाँको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here