बालबालिकालाई असुरक्षित तरिकाले मोटरसाइकलमा नचढाउन ट्राफिक प्रहरीको अनुरोध

फाइलफोटो

काठमाडौं । ट्राफिक प्रहरीले बालबालिकालाई मोटरसाइकलमा राख्दा होसियार बन्न आग्रह गरेको छ ।

साना बालबालिकालाई असुरक्षित तवरले दुई पांग्रे सवारीमा नचढाउन ट्राफिक प्रहरीले अनुरोध गरेको हो ।

दुई पांग्रे सवारीमा हुने दुर्घटना दर बढ्नुका साथै बालबालिका घाइते हुने क्रम बढेपछि ट्राफिक प्रहरीले सावधानी अपनाउन आग्रह गरेको हो ।

तीव्र गतिमा गुडेका दुईपाङग्रे सवारी साधन अनियन्त्रित भई दुर्घटना हुने गरेको र त्यसमा सवार बालबालिका दुर्घटनाको शिकार हुने क्रम बढेकाले सावधानी स्वरुप यो अनुरोध गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहायक प्रवक्ता अवदेश बिष्ट क्षेत्रीले बताए ।

सुरक्षित तवरले सवारी साधन सञ्चालन गर्दै दुर्घटना कम गर्ने अभियानमा सबैबाट सहयोगको अपेक्षा गरिएक ट्राफिक प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here