बोल्टको घातक बलिङ, न्यूजिल्याण्डले श्रीलंकालाई ६५ रनले हरायो

काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा न्युजिल्यान्डले श्रीलंकालाई ६५ रनको ठूलो अन्तरले पराजित गरेको छ।

सिड्नीस्थित सिड्नी क्रिकेट रंगशालामा न्युजिल्यान्डले प्रस्तुत गरेको १६८ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९।२ ओभरमा सबै विकेट गुमाएर १०२ रन मात्र बनाउन सक्यो ।

ग्लेन फिलिप्सले ६४ बलमा १०४ रन बनाए। योसँगै यो टी-२० विश्वकपमा आफ्नो पहिलो खेल खेल्दै आएका डेरिल मिचेलले २२ रन बनाए।

श्रीलंकालाई सस्तैमा समेट्न न्युजिल्यान्डका बोल्टले चार विकेट लिए । कसिलो बलिङ गरेको उनले चार ओभरमा १३ रन मात्र खर्चिए ।

ईश सोधी र मिचेल स्यान्टनरले समान दुई विकेट लिए । लकी फर्गुसन र टिम साउदीले एक/एक विकेट लिए ।

न्युजिल्यान्डका फिलिप्सले १०४ रनको उत्कृष्ट इनिङ्स खेले । उनले ६४ बलमा १० चौका र चार छक्का प्रहार गरे । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा फिलिप्सको यो पहिलो शतक हो ।

१५–३ को अवस्थामा रहेको न्युजिल्यान्डको इनिङ्स फिलिप्स र ड्यारी मिचेलले सम्हालेका थिए । यी दुईले चौथो विकेटका लागि ८४ रनको साझेदारी गरे । ड्यारी मिचेल २२ रनमा पभेलियन फर्किए । मिचेल स्यान्टनरले ११ रन बनाए ।

श्रीलंकाका कसुन रजिथाले दुई विकेट लिँदा महिस थिक्षणा, धनन्जय डी सिल्भा, वनिन्धु हसरंगा डी सिल्भ र लहिरु कुमाराले समान एक विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here