लेवान्डोस्किको निर्णायक गोलले बार्सिलोना शीर्ष स्थानमा

एजेन्सी । बार्सिलोनाले भ्यालेन्सियाविरुद्ध १–० गोलको नतिजामा जित निकालेको छ ।

लालिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाको रोबर्ट लेवान्डोस्किको निर्णायक गोलमा कठिन जीत निकालेको हो ।

जितसँगै बार्सिलोना १२ खेलमा १० जित १ हार र १ बराबरीको नतिजासहित ३१ अंक जोडेर तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानको रियाल मड्रिड सँग समान अंक भएपनि गोल अन्तरका आधारमा बार्सिलोना अघि रहेको हो ।

यस्तै पराजित भ्यालेन्सिया १५अंकसहित १०औं स्थानमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here