माथिल्लो तामाकोशीमा बिहीवारसम्म विद्युत उत्पादन नहुने, यी क्षेत्रमा सर्तकता अपनाउन आग्रह

काठमाडौं । बिहीवारसम्म माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको विद्युत उत्पादन नहुने भएको छ ।

प्राविधिक निरीक्षणका लागि ८ गतेदेखि १७ गतेसम्मका लागि विद्युत उत्पादन बन्द गरिएको आयोजनाले जनाएको छ ।

विद्युत उत्पादन सुरू भएको एक वर्षपछि आयोजनाले पहिलो पटक विदेशी र स्वदेशी विज्ञहरूको संलग्नतामा निरीक्षण गर्न लागेको हो।

जलाशयको पानी घटाउँदा बाँधको तल्लो तटीय क्षेत्रमा करिब ११/१२ घण्टा नदिको बहाव बढ्ने हुँदा सर्तकता अपनाउन पनि आयोजनाले आग्रह गरेको छ।

गोंगर, लामाबगर, जगत, भोर्ले, सिंगटी, नयाँपुल, टुनिटार, किर्ने, खिम्तिसहित सुनकोशी नदिको दोभानसम्म नुहाउने, पौडी खेल्ने, माछा मार्ने, नदि तर्ने, बस्तुभाउ लैजाने, बालुवा गिट्टी निकाल्नेलगायत काम नगर्न पनि आयोजनाले आग्रह गरेको छ। अत्यावश्यक काम गर्दा सजग रहनसमेत उल्लेख गरेको छ।

२०७८ साउनदेखि नियमित विद्युत उत्पादन सुरू गरेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट चार सय ५६ मेगावाट विद्युत उत्पादन हुँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here