बोटको वोएभ प्रो ४७, रेकर्ज ३३० र रेकर्ज २५५ प्रो प्लस नेपाली बजारमा

काठमाडौं । इम्याजिन मार्केटिङ लिमिटेडले आफ्नो लाइनअपमा सुन्न र लगाउन मिल्ने उपकरणहरु चाँडै नेपाली बजारमा ल्याउने जनाएको छ ।

नेपालमा स्मार्टवाच र हियरेबलको बढ्दो मागसँगै कम्पनीले उच्च गुणस्तरका उत्पादनहरू सुपथ मूल्यमा उपलब्ध गराउन लागेको हो ।

कम्पनीले ल्याएको स्क्वायर डायल भएको वेभ प्रो ४७, १.६९ इन्चकलर एचडी डिस्प्लेमा पूर्ण क्यापेसिटिव टच र रेस्पोन्सिभ टच इन्टरफेस रहेको छ । यो डिस्प्लेमा गुणस्तर्य पिक्चर, ५०० निट्स ब्राईटनेस, र विशाल दृश्य अनुभव प्रदान गर्दछ ।

यसको नवीनतम बुट एसप चार्ज टेक्नोलोजीको सातदिन सम्मको पावर ब्याकअप मात्र ३० मिनेटमा ० देखि १०० प्रतिशत सम्मचार्ज गर्दछ । वेभ प्रो ४७ मा भएको आइपी६७ ले यसलाई पसिना, पानी र धुलो प्रतिरोधी बनाउँछ । जसले यसलाई उत्कृष्ट फिटनेस पार्टनर बनाउँछ । नेपालमा उपलब्ध वेभ प्रो ४७ को मूल्य ६,४९९ रुपैयाँ रहेको छ ।

यस कम्पनीले बुटको सबैभन्दा नयाँ संस्करणको बुटएक्सटेन्ड स्पोर्ट स्मार्टवाच पनि लन्च गरेको छ । यसमा फिटनेस वाचका सुविधाहरू समावेश गर्नुका साथै स्पोर्टी र स्टाइलिश छन् । यसमा ७०० प्लस सक्रिय मोडहरू रहेका छन् ।

जसले तपाईंको निद्राको गतिबिधि देखि तपाईंको पोस्ट वर्कआउटको लागि क्यालोरी ट्र्याक गर्दछ । छिटो चार्ज हुने प्रविधिको साथ तयार पारिएको यो स्मार्टवाचलाई ३० मिनेटमै पूर्ण चार्ज गर्दछ । यो स्मार्टवाच स्पोर्टी १.६९ इन्च एचडी डिस्प्लेको साथमा उपलब्ध रहेको छ ।

जसमा ब्राईट र रेस्पोनसिभ टच इन्टरफेस रहेको छ । यसमा १०० प्लस फेस अप्सन छन् जसले तपाइँको भाइबलाई तपाइँको घडीसँग हरेक दिन मिलाउन मद्दत गर्छ । एक्स्टेण्ड स्पोर्ट नेपालको सबै रिटेल आउटलेटमा ६,४९९ रुपैयाँमा पाइने कम्पनीले जनाएको छ ।

यस कम्पनीको नयाँ लाइनअपमा बजारमा नेकब्यान्ड रकर ३३० र रकर २५५ प्रो प्लस पनि ल्याएको छ ।

यी उत्पादनहरू नवीनतम प्रविधि र उच्च गुणस्तरको साथै बुट सिग्नेचर साउन्ड र किफायती मूल्यमा उपलब्ध रहेको क्रम्पनीले जनाएको छ । बजारमा यसको मूल्य ३,३९९ देखि ३,४९९ रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here