ट्वीटरले भेरिफाइड प्रयोगकर्ताबाट मासिक शुल्क लिने, पैसा नतिरे ‘ब्लू टिक’ खोसिने

काठमाडौं । सामाजिक सञ्जाल ट्विटरले आफ्नो प्रयोगकर्ता प्रमाणिकरण (भेरिफिकेसन) प्रक्रियाबाट शुल्क असुल्ने तयारी गरेको छ ।

अर्बपति इलोन मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर खरिद गरेसँगै भेरिफाइड एकाउन्टबाट मासिक २० डलर पैसा असुल्ने योजना अघि सारेका हुन् ।

मस्कले प्रमुख कार्यकारी अधिकृत (सीईओ) लगायत माथिल्लो तहका कर्मचारी हटाएपछि प्रमाणिकरण प्रक्रिया अहिले परिमार्जन भइरहेको बताएका छन् ।

परिमार्जन भएसँगै प्रयोगकर्ताले ट्वीटर ब्लु सब्क्रिप्सनमार्फत पैसा बुझाउनुपर्ने हुन्छ। यसअघि नै भेरिफाइड एकाउन्ट भएका प्रयोगकर्तालाई पनि आफ्नो भेरिफिकेसन नगुमाउन ९० दिनको समय दिइनेछ।

यो समयमा उनीहरुले सस्क्राइब गरेर पैसा नतिरे उनीहरुले भेरिफाइड स्टाटस खोसिनेछ। एक रिपोर्ट अनुसार प्रयोगकर्ताहरूले प्रति महिना ४.९९ अमेरिकी डलर मा ट्विटर ब्लूको सदस्यता लिनुपर्नेछ वा परियोजना अगाडि बढेमा तिनीहरूको भेरिफाइड ब्लु टिक गुमाउनु पर्नेछ।

प्लेटफर्मरका अनुसार भेरिफिकेसन ट्विटर ब्लूकै एक हिस्सा हुने सम्भावना पनि छ । हालसम्म टेस्ला इंकका सीईओसमेत रहेका मस्कले अन्तिम निर्णय भने गरेका छैनन्।