झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा सुधार

काठमाडौं । शेयर बजार झिनो अंकको बढेको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) ७.३२ अंकले बढेर १९३८.३० विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२७ कम्पनीको १ अर्ब ४६ करोड ७९ लाख १४ हजार ८७५ रुपैयाँ बराबरको ४३ लाख ४६ हजार ७०८ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । मंगलवार १ अर्ब २९ करोड ६ लाख ६४ हजार ६४१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूह १० मध्ये वटाको परिसूचकमा हरियाली छाएको छ भने ३ वटा घटेको छ ।

एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ८.७४ प्रतिशतले बढेर प्रतिकित्ता २८८.५० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज सबैको लघुवित्त वित्तीय संस्था महुली र लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज ७ करोड ८५ लाखभन्दा बढीको कारोबार भएको छ ।

नविल बैंकको ५ करोड ६६ लाख र रिडी पावरको ५ करोड १९ लाखको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here