विदेशी मुद्रा विनिमय दर: यस्तो डलरदेखि रियालसम्मको भाउ

काठमाडौं,१८ कात्तिक । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले विहीवारको लागि एक अमेरिकी डलरको अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा कायम गरेको छ।

युरो एकको खरिद दर १३० रुपैयाँ ८९ पैसा र बिक्री दर १३१ रुपैयाँ ४९ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५१ रुपैयाँ ९७ पैसा र बिक्री दर १५२ रुपैयाँ ६६ पैसा छ।

यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ५८ पैसा र बिक्री दर १३३ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ९३ पैसा र बिक्री दर ८५ रुपैयाँ ३२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ६४ पैसा छ।

जापानी येन १० को खरिद दर ८ रुपैयाँ ९८ पैसा र बिक्री दर ९ रुपैयाँ २४ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ १६ पैसा र बिक्री दर १८ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३५ रुपैयाँ १७ पैसा र बिक्री दर ३५ रुपैयाँ ३३ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ८९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ०२ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ३४ पैसा र बिक्री दर ९ रुपैयाँ ३९ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here