नगद लाभांश बुझिदिन शेयरधनीलाई ग्लोबल आईएमई बैंकको आग्रह

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले शेयरधनीलाई नगद लाभांश बुझ्न आग्रह गरेको छ । बैंकका विभिन्न साधारणसभा बाट पारित लाभांश लिन बैंकले अनुरोध गरेको हो ।

बैंकको आर्थिक बर्ष २०६६/६७ देखि २०७०/७१ सम्मका साधारणसभाहरुबाट पारित नगद लाभांश हालसम्म पनि कतिपय सेयरधनीहरुले नलिएकोले सूचना प्रकाशित भएको एक महिना भित्र लाभांश लिन बैंकले आग्रह गरेको छ ।

तोकिएको समय भित्र नगद लाभांश लिन नगएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा पठाइने उल्लेख गरेको छ । नगद लाभांश लिन जाँदा शेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथै परिचयपत्र समेत अनिवार्य गरेको छ ।

शेयरधनीहरुले बैकको शेयर राजिष्ट्रार ग्लोबल आईएमई क्यापिटलको कार्यालय नक्साल काठमाण्डौमा सम्पर्क गरी सम्पर्क गर्न अनुरोध गरेको छ ।

भुक्तानी लिन बाँकी रहेकाे लाभांशको विवरण बैंक तथा बैकको शेयर राजिष्ट्रार ग्लोबल आईएमई क्यापिटलको वेवसाइट बाट डाउनलोड गरी हेर्न सकिनेछ।

यो सूचना प्रकाशित मितिले ३० दिन सम्म भुक्तानी नभएको लाभांश रकम कम्पनी ऐन, २०६३ को दफा १८३६ बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नको लागि प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here