खस्किँदै यूरोपियन मुद्राको भाउ, एक अमेरिकी डलरबराबर १३२ रुपैयाँ २१ पैसा

काठमाडौं, २० कात्तिक । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले आइतवारको लागि एक अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ६१ पैसा र बिक्री दर १३२ रुपैयाँ २१ पैसा कायम गरेको छ।

युरो एकको खरिद दर १२८ रुपैयाँ ६६ पैसा र बिक्री दर १२९ रुपैयाँ २५ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १४७ रुपैयाँ ६४ पैसा र बिक्री दर १४८ रुपैयाँ ३१ पैसा छ।

मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ७२ पैसा छ भने बिक्री दर २७ रुपैयाँ ८५ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ २८ पैसा र बिक्री दर ९ रुपैयाँ ३२ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ३४ पैसा र बिक्री दर १३० रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८३ रुपैयाँ ६२ पैसा र बिक्री दर ८४ रुपैयाँ तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ८९ पैसा छ।

जापानी येन १० को खरिद दर ८ रुपैयाँ ९० पैसा र बिक्री दर ८ रुपैयाँ ९४ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ १३ पैसा र बिक्री दर १८ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३५ रुपैयाँ ८३ पैसा र बिक्री दर ३६ रुपैयाँ रहेको छ भने कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ १४ पैसा र बिक्री दर ३६ रुपैयाँ ३० पैसा रहेको छ ।

भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here