बलात्कार आरोपमा श्रीलंकाली क्रिकेटर दानुष्का अष्ट्रेलियाबाट पक्राउ

सिड्नी । श्रीलङ्काका क्रिकेटर दानुष्का गुणातिलके अष्ट्रेलियामा पक्राउ परेका छन् । उनीमाथि बलात्कार आरोप लागेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अस्ट्रेलियाको सिड्नीमा उनी पक्राउ परेका छन् ।

सिड्नी प्रहरीले पनि बलात्कार आरोपमा एक जना पक्राउ परेको जानकारी दिएको छ । तर, नाम भने सार्वजनिक गरेको छैन । पीडित महिलाले गएको नोभेम्बर २ तारिखमा आफूमाथि बलात्कार भएको आरोप लगाएकी छिन् ।

उनीहरुबीच एक डेटिङ एपमार्फत कुराकानी भएको र भेटघाट भएको खबरमा उल्लेख छ । ती महिला २९ वर्षिय भएको समेत समाचारमा उल्लेख छ । उनी विश्वकपका दौरान अष्ट्रेलियामा पुगेका थिए । पछिल्लो केही खेल भने उनले चोटका कारण गुमाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here