ट्वीटरले पाँच देशमा सुरु गर्‍यो ‘पेड ब्लू टिक’ सेवा, कुन देशमा यूजर्सले तिर्नुपर्छ मासिक ८ डलर ?

काठमाडौं । टेस्लाका सीइओ तथा ट्वीटरका नयाँ मालिक एलन मस्कले शुरु गरेको ८ डलर वाला योजना ५ वटा मुलुकबाट कार्यान्वयनमा आएको छ ।

एप्पलले एप स्टोरबाट ट्वीटर एप डाउन्लोड गर्ने समयमा आफ्ना ग्राहकलाई एक सन्देश दिन शुरु गरेको छ । जसमा भनिएको छ, ‘‘ब्लू टिक’ सर्भिसका लागि तिमीले ७.९९ डलर तिर्नुपर्नेछ ।’

अन्तरर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार अहिले यो सेवा अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया र न्यूजील्याण्डमा मात्र सुरु भएको छ । ट्वीटरले शुल्कसँगै सेवाग्राहीलाई नयाँ फिचर समेत ल्याएको जनाएको छ ।

ट्वीटरले यस्तो खाता चलाउनेहरुको अकाउटमा कम विज्ञापन देखिने, लामो भिडियो अपलोड गर्न सक्ने र गुणस्तरीय कन्टेन्ट दिने बताएको छ ।

यसबाट खासगरी राजनीतिक व्यक्तिहरुले आफ्नो धारणा अब लामो भिडियोका माध्यमबाट व्यक्त गर्न सक्नेछन् । ट्वीटरसँग अहिलेसम्म ४ लाख २३ हजार भेरिफाइड अकाउट्स रहेको र जसमा अधिकांश संसारभरका पत्रकार रहेको समेत जनाइएकोछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here