एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको कार्तिक १८ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ७.६८ प्रतिशत नगद गरि कुल २०.६८ लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैंकले घोषणा गरेको लाभांश अघिल्लो वर्षकोभन्दा दोब्बर बढी हो । बैंकले आव २०७७/७८ मा १०.३२ प्रतिशत लाभांश दिएको थियो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here