उच्च अंकले बढ्यो नेप्से, माइक्रोफाइनान्स कम्पनीहरुमा झुम्मिए लगानीकर्ता

काठमाडौं, २० कात्तिक । साताको कारोबारको पहिलोदिन शेयर बजार उच्च अंकले बढेको छ ।

आइतवार शेयर बजार मापक सूचक (नेप्से) ४३.२० अंकले बढेर १९६५.३६ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२८ कम्पनीको १ अर्ब ५४ करोड ८० लाख ३२ हजार ५६१ रुपैयाँ बराबरको ३९ लाख १३ हजार ५७३ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । विहीवार ८९ करोड ८९ लाख ७ हजार ८२९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सामूहिक लगानी कोष बाहेक अरु सबै समूहको परिसूचकमा हरियाली छाएको छ । माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै ४.५८ प्रतिशतले बढेको छ ।

उच्च अंकले बढेको बजारमा आज आधादर्जन कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

मानुषी लघुवित्त, जाल्पा लघुवित्त, नेष्डो र उपकार लघुवित्तको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यस्तै, उन्नति सहकार्य लघुवित्त, श्वेत गंगा हाइड्रोपावर र मनकामना स्मार्ट लघुवित्तका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

नेप्सेका अनुसार नबिल इक्विटी फण्ड र आरबीबी म्युचुअल फण्ड शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले घटेको हो ।

आज नेष्डो समृद्धि लघुवित्तको सर्वाधिक कारोबार भएको छ । यसको १० करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यस्तै, एभरेष्ट बैंक ७ करोड र हिमाल दोलखा हाइड्रोपावर साढे ६ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here