चण्डिका रामलीला ब्यवस्थापन समितिद्धारा पत्रकार गुरुङ्ग सम्मानित

दोधारा । पत्रकार पप्पु गुरुङ्गलाई प्रचण्ड चण्डिका रामलीला ब्यवस्थापन समितिले सम्मानित गरेको छ् ।

दोधारा चाँदनी नगरपालिका वडा नं. ३ देबिस्थानमा संचालन भएको रामलिला नाट्य श्रंखलामा पत्रकारिताको माध्यमबाट सहयोग गरेको भन्दै विकल्प दैनिकका उपसम्पादक पप्पु गुरुङ्गलाई सम्मान गरेको चण्डिका रामलिला ब्यवस्थापन समिति दोधारा चाँदनीका संयोजक अमृता शाही साँउदले जानकारी दिएका छन् ।

हिजो अबेर साँझ एक कार्यक्रमको बिच पत्रकार गुरुङ्गलाई सम्मानित गरेका हुन् ।

कार्यक्रममा दोधारा चाँदनी नगरपािलकाका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देवी जोशी र सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देवीस्थान) का प्रहरी निरिक्षक प्रबिण फुर्‍यालले सम्मान पत्र प्रदान गरेका छन् । पत्रकार गुरुङ्ग झण्डै एक दशक भन्दा बढी दोधारा चाँदनी नगरपालिकामा कार्य क्षेत्र बनाएर पत्रकारिता गर्दै आएका छन् ।

यसैबीच रामलीला नाट्य श्रंखलाका निर्देशक, पात्र, ब्यवस्थापन, संगीतकार, स्वयम् सेवक, चन्दादाताहरुलाई पुरस्कार तथा सम्मान गरिएको गरिएको छ् ।

प्रचण्ड चण्डिका रामलीला ब्यवस्थापन समिति दोधारा चाँदनीका संयोजक अमृता शाही साँउदको सभापतित्वमा संचालन भएको सम्मान कार्यक्रमका प्रमुख अतिथी दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, बिशिष्ठ अतिथीमा उपमेयर गंगा देबी जोशी रहेका थिए ।

अतिथीमा दोधारा चाँदनी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष केशव खत्री, वडा नं। ३ का वडाध्यक्ष हरिसिंह धनाडी, अधिकारकर्मी खिमा चन्द, नन्दा खत्री, मथुरा पन्त, सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी ९देबिस्थान० मा प्रहरी निरिक्षक प्रबिण फुर्‍याल लगाएत रामलिला संचालनमा सहयोग गर्ने सहयोगी, कलाकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा रामलिला नाट्य श्रंखलाका निर्देशक, पात्र, ब्यवस्थापन, संगितकार, स्वयम् सेवक, चन्दादाताहरुलाई समेत पुरुस्कार तथा सम्मान गरिएको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here