५८ प्रतिशतले घट्यो ग्लोबल आईएमई लघुवित्तको नाफा, यस्ता छन् मुख्य सूचक

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको खुद नाफामा भारी गिरावट आएको छ । लघुवित्तले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ५८.१५ प्रतिशतले घटेको छ ।

लघुवित्तले चालु आवको असोज मसान्तसम्ममा २ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३ करोड ७२ लाख रुपैयाँ कम हो । लघुवित्तले गत वर्षको पहिलो त्रैमासमा ६ करोड ३९ लाख खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफामा उल्लेख्य गिरावट आएसँगै लघुवित्तको खुद नाफामा उच्च गिरावट आएको हो । साथै, ऋण असुल हुन नसक्दा ठूलो रकम प्रोभिजनिङ गर्नुपर्दा लघुवित्तको नाफा घटेको हो ।

समीक्षा अवधिमा छिमेकको खुद ब्याज आम्दानी १३.८३ प्रतिशतले घटेर १३ करोड ६८ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, सञ्चालन नाफा ५८ प्रतिशतले घटेर ३ करोड ८३ लाख रुपैयाँमा झरेको छ ।

हाल ५५ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ५४ करोड ८२ लाख रुपैयाँ संचित छ ।

खुद नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि उच्च गिरावट आएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ५९.१२ रुपैयाँबाट घटेर १९.३६ रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १९९.२२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६०.१८ गुणा, खराब कर्जा २.७३ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here