५ हजार ३१८ विद्यालयसहित १६ हजार २०८ स्थानमा निःशुल्क इण्टरनेट

काठमाडौं । ग्रामीण दूरसञ्चार पूर्वाधार विकासको योजना अनुरुप देशभरका सरकारी विद्यालय तथा स्वास्थ्य चौकीमा निःशुल्क इण्टरनेट जडानको काम सम्पन्न भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको प्रगति विवरण अनुसार दूरसञ्चार प्राधिकरणले असोज मसान्तसम्ममा देशका कूल १६ हजार २०८ स्थानमा दुई वर्षसम्मका लागि निःशुल्क इण्टरनेट जडान गरेको हो ।

जसमा पाँच हजार ३१८ माध्यमिक विद्यालय, चार हजार २४९ ओटा स्वास्थ्य संस्था, पाँच हजार ९३३ वडा कार्यालय र सात सय आठ ओटा स्थानीय निकाय रहेका छन् । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी यो परियोजना अघि बढाएको थियो ।

जसमा काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुंगा रहेका छन् । जसमा ७६ ओटा स्थानीय तह गरी कूल ४ हजार २ सय ५१ संस्थाहरू रहेका छन् ।

प्राधिकरणका अनुसार १८ ओटा प्याकेजमध्ये १० ओटा प्याकेजको अनुगमन तथा प्रमाणीकरणको काम सम्पन्न भइसकेको छ ।

सो परियोजना अन्तर्गत भुकम्पबाट अति प्रभावित ८ जिल्लाका स्थानीयहरुका सबै स्थानीय तहको कार्यालय, वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्थाहरुमा क्षमता अभिबृद्धि गर्न र जडान गर्न सम्पूर्ण आधारभुत विद्यालयहरुमा गरी कम्तिमा ४ हजार २ सय ५१ स्थानहरुमा २० एमवीपीएस क्षमताको नन डेडिकेटेड ब्रोडव्याण्ड इण्टरनेट सेवा जडान गरि २ बर्ष सम्मको बर्षसम्म निशुल्क रुपमा उपलब्ध गराइने छ । २ बर्ष पुरा भएपछि भने इण्टरनेटको शुल्क तिर्नुपर्ने हुन्छ ।

ग्रामिण दूरसञ्चार पूर्वाधार विकासको योजना अनुरुप भूकम्पबाट अति प्रभावित जिल्लहरुका सबै स्थानीय तहका कार्यालय, वडा कार्यालय , सामुदायिक विद्यालय तथा स्वास्थ्य संस्थामका ४,१५१ स्थानमा इण्टरनेट जडान गरि महशुल बापताको रकम उपलब्ध गराउन ६७ मध्ये ७३ स्थानीयतहसँग हस्ताक्षर भैसकेको प्रधिकरणले जनाएको छ ।

इण्टरनेट जडान भएर सञ्चालनमा आएपनि अझै १० वटा परियोजनामा मूल्यांकनको कार्य भइरहेको छ। भुक्तानीभन्दा पहिला मूल्यांकन गर्नुपर्ने व्यवस्थाअनुसार परामर्शदाताबाट मूल्यांकन भइरहेको प्राधिकरणले जानकारी दिएको छ।

प्राधिकरणले परियोजना निर्माणको जिम्मा सेवाप्रदायकहरूलाई दिएको थियो। यसरी प्राधिकरणले बनाएको पूर्वाधार भने उनीहरूकै हुनेछ। तर त्यो परियोजनामा अरु सेवाप्रदायकले सेवा दिनसक्ने छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here