विश्वकपका लागि उपाधि दाबेदार ब्राजिलद्धारा राष्ट्रिय टिमको घोषणा

काठमाडौं । उपाधि दाबेदार ब्राजिलले कतार विश्वकपका लागि २६ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको छ।

प्रशिक्षक टिटेले सोमबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेका हुन् ।

विश्वकपका लागि टिटेले ​३ गोलरक्षक, ८ डिफेन्डर, ६ मिडफिल्डर र ९ फरवार्डलाई टोलीमा राखेका छन् ।

ब्राजिलले घोषणा गरेको टिममा अनुभवी डिफेन्डर ड्यनी अल्भेस, फरवार्डद्वय गाब्रियल जिसस र गाब्रियल मार्टिनेली अटाउँदा रोबर्टो फिर्मिनो भने छैनन् ।

पछिल्लो पटक सन् २००२ मा विश्वकप जितेयता ब्राजिल उपाधिविहिन रहेको छ।

फिफा विश्वकप २०२२ मा ब्राजिल समूह जी मा रहेको छ। ब्राजिलको समूहमा सर्बिया, स्विटजरल्यान्ड र क्यामरुन रहेका छन्। ब्राजिलले पहिलो खेल ८ मङ्सिरमा सर्बियाविरुद्ध खेल्ने छ।

ब्राजिलले आर्सनलका फर्वाड गाब्रियल मार्टिनेलीलाई टिममा बोलाउँदा लिभरपुल स्टार रोवर्टो फिरमिनोलाई भने टिममा बोलाएन।

त्यस्तै गत सेप्टेम्बरमा फ्रेन्डली खेलका दौरान टिममा नपरेका स्ट्राइकर गाब्रियल जेससलाई भने ब्राजिले पुन:स्टिममा समेटेको छ।