न्यूजिल्याण्डलाई हराउँदै पाकिस्तान टी-२० विश्वकपको फाइनलमा

काठमाडौं । पाकिस्तान आइसिसी पुरूष टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ।

सिड्नीमा बुधबार भएको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान तेस्रो पटक विश्वकपको उपाधि नजिक पुगेको हो।

न्यूजिल्याण्डले दिएको १५३ रनको मध्यम लक्ष्य पाकिस्तानले ५ बल बाँकी हुँदा मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो।

न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेटकाे क्षतिमा १५२ रन बनाएकाे थियाे। न्यूजिल्याण्डकाे तर्फबाट डार्याल मिच्चेलले सर्वाधिक ५३ रन बनाएका छन् ।

उनले ३५ बलमा ३ चाैका र एक छक्काकाे मद्दतले हाफसेन्सुरी बनाउन सफल भएका हुन् । त्ससैगरी क्याप्टेन केन विलियमसनले ४६ रन बनाए ।

उनले ४२ बलमा १ छक्का र १ चाैकाकाे मद्दतमा याे स्काेर खडा गरेका हुन् ।

पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले दुई र मोहम्मद नवाजले एक विकेट लिएका थिए।

अब दोस्रो सेमिफाइन खेल बिहीबार भारत र इग्ल्यान्डबीच हुनेछ। फाइनल खेल कात्तिक २७ गते हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here