मध्य भोटेकोशी हाइड्रोपावरको नोक्सानी १ करोड ८५ लाख

काठमाडौं । मध्य भोटेकोशी हाइड्रोपावरको खुद नोक्सानी अढाई गुणाले बढेको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नोक्सानी १५६.९४ प्रतिशतले बढेको छ ।

चालु आवको असोज मसान्तसम्म कम्पनीको खुद नोक्सानी बढेर १ करोड ८५ लाख रुपैयाँ पुगेको छ । जबकी गत वर्षको सोही अवधिमा कम्पनीको नोक्सानी ७२ लाख रुपैयाँ मात्रै थियो ।

प्रशासनिक खर्च बढेकाले कम्पनीको नोक्सानी बढेको हो । हाल निर्माणाधीन अवस्थामा रहेकाले कम्पनीले विद्युत् विक्रीबाट आम्दानी हुने अवस्था छैन ।

समीक्षा अवधिमा कम्पनीको प्रशासनिक खर्च दोब्बरले बढेर १ करोड ८३ लाख रुपैयाँ पुगेको छ । हाल ६ अर्ब चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ ३६ करोड ५३ लाख रुपैयाँ ऋणात्मक छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी पनि १.२४ रुपैयाँ ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ ९३.९१ रुपैयाँ छ ।

कम्पनीले सिन्धुपाल्चोकको भोटेकोशी नदीमा १०२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here