‘वाटरफल स्क्रिन’ प्रविधिको स्मार्टफोन ल्याउँदै ओपो

काठमाडौं, १३ साउन । स्मार्टफोन निर्माता कम्पनी ओपोले ‘वाटरफल स्क्रिन’ डिजाइन सहितको एउटा प्रोटोटाइप स्मार्टफोन प्रदर्शित गरेको छ ।

यसमा रहेको झण्डै भर्टिकल (ठाडो) ८८ डिग्रिको कर्भ्ड बडीले सटिक दृष्यानुभूति दिनुका साथै उपकरणलाई करिव करिव बोर्डर रहित बनाइदिएको कम्पनीले बताएको छ ।

यसले ओपोको स्मार्टफोन फोनलाई नयाँ आकार दिने नवप्रबर्तनात्मकता तिर अग्रसर खोजीको प्रतिनिधित्व गर्नुका साथै, फुलस्क्रिन प्रविधि र उत्कृष्ट सौन्दर्यता अग्रसर खोजी पनि प्रतिबिम्बित गरेको कम्पनीको दाबी छ ।

कर्भ्ड डिस्प्ले डिजाइनका क्षेत्रमा पनि ओपोको फराकिलो अनुभव रहेको छ । पछिल्लो पटक ओपो फाइन्ड एक्समा कम्पनीले पानोरामिक आर्क स्क्रिन डिजाइनका साथमा ९३.८ प्रतिशत स्क्रिन–टू–बडी रेसियो प्रस्तुत गरिसकेको छ ।

नयाँ ‘वाटरड्रप स्क्रिन’ फोनको बाह्य डिजाइनमा ओपोको नयाँ उपलब्धि भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here