अब गन्तव्य मुलुकबाटै श्रम स्वीकृति नवीकरण

काठमाडौं । श्रम स्वीकृति नगरेका कारण विदेशमा मृत्यु हुने कामदारका परिवारले कल्याणकारी कोषबाट कुनै सहयोग नपाउने अवस्था बनेपछि सरकारले विदेशमा नै श्रम स्वीकृति लिन सकिने व्यवस्था गरेको छ ।

अहिलेसम्म नेपालबाट मात्र श्रम स्वीकृति दिने व्यवस्था थियो ।

विदेशमा मृत्यु, अंगभंग र बिरामी हुने श्रमिकका कल्याणकारी अधिकारलाई सुनिश्चित गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशमा रहेको नेपाली श्रमिकलाई गन्तव्य मुलुकबाट श्रम स्वीकृति नवीकरण गर्न सूचना जारी गरेको हो ।

वैदेशिक रोजगार विभागको वेभसाइटबाट जुनसुकै मुलुकमा भए पनि श्रम स्वीकृति नवीकरण गर्न सकिन्छ । आफ्नो श्रम स्वीकृतिको म्याद रहे/नरहेको व्यहोरा विभागको उक्त वेबसाइटमा गई जाँच गर्न सकिन्छ ।

म्याद समाप्त भएको वा हुने अवस्थामा रहेको श्रम स्वीकृति नवीकरण गर्नुपर्छ । वैदेशिक रोजगार कल्याणकारी कोष र बीमावापत दाखिला गर्ने रकम सम्बन्धित देशमा रहेको आफ्नो बैंक खाताबाट नेपालमा रहेको वैदेशिक रोजगार बोर्ड र सम्बन्धित बीमा कम्पनीको खातामा रकम पठाउन सकिने व्यवस्था मिलाइएको मन्त्रालयका सहप्रवक्ता डा थानेश्वर भुसालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here