वाणिज्य बैंकले मंसिरमा पनि निक्षेपको ब्याजदर स्थिर राख्ने

काठमाडौं, २९ कात्तिक । वाणिज्य बैंकहरुले मंसिरमा पनि निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन् । मंगलबार बिहान बसेको नेपाल बैंकर्स संघको वैठकले मंसिरमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको हो ।

मंसिरका लागि पनि बैंकहरुले कात्तिकै बराबर ब्याजदर प्रकाशित गर्ने निर्णय गरेको संघले जानकारी दिएको छ । पछिल्लो समय ब्याजदर बढी भएको भन्दै मुलुकभरका उद्योगी व्यवसायीहरु मुलुकभर आन्दोलनमा उत्रिएका छन् । यता संघले भने निर्वाचनका लागि भैन्दै आन्दोलन स्थिगित गरेको मौका पारेर निक्षेपको ब्याज नबढाउने निर्णय गरेको छ ।

६ महिना पछि गत असोजमा बैंकहरुले औसत १० प्रतिशतका दरले निक्षेपको ब्याजदर बढाएका थिए । कात्तिकमा असोजकै ब्याजदर प्रकाशित गरेर फेरी मंसिरमा पनि सोही क्रमलाई निरन्तरता दिने भएका हुन ।

सूचना अनुसार अब बैंकहरुले मंसिरका लागि पनि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १२.१३३ प्रतिशत ब्याजदर प्रकाशित गर्नेछन् । जुन कात्तिक महिना बराबर हो । जसअनुसार एक वर्षे संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर १०.१३३ प्रतिशत कायम हुनेछ । यता व्यक्तिगत मुद्दतीमा १२.१३३ प्रतिशत ब्याज दिने बैंकले बचतमा कम्तीमा पनि ७.१३३ प्रतिशत ब्याज दिनुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here