झिनो अंकले घट्यो नेप्से, एक अर्ब बढीको कारोबार

काठमाडौं । शेयर बजारमा झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) ६.५९ अंकले घटेर १८९७.८६ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२९ कम्पनीको १ अर्ब २ करोड ३६ लाख ९ हजार ९६० रुपैयाँ बराबरको २७ लाख ४५ हजार १०९ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । सोमवार ९४ करोड ६० लाख ८९ हजार ५२१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये ३ वटाको बढेको छ भने १० वटा बढेको छ । तारागाउँ रिजेन्सी र सिक्लेस हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

तारागाउँ रिजेन्सी होटलका शेयरधनीले सर्वाधिक ८.५६ प्रतिशत गुमाएका छन् ।

त्यसैगरी, सिक्लेस हाइड्रोपावर ८.४२, ग्रामीण विकास लघुवित्त ६.२१, गणपति लघुवित्त ५.०६, सप्तकोशी विकास बैंक, रुरु जलविद्युत्, रिभर फल्स पावर, लक्ष्मी लघुवित्त, समृद्धि फाइनान्स र नेपाल हाइड्रोको शेयर मूल्य ४ प्रतिशतले घटेको छ ।

यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरीको भएको छ । यसको आज ८ करोड २२ लाख भन्दा बढीको कारोबार भएको छ ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स ६ करोड र नेपाल टेलिकम साढे ४ करोड बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here