तीन महिनामै नेपाल टेलिकमको आम्दानी ११ अर्ब माथि, नाफा घट्यो

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले पहिलो त्रैमासिक अवधिमा ११ अर्ब बढी आम्दानी गरेको छ ।

कम्पनीले बुधबार सार्वजनिक गरेको अन्तरिम वित्तीय परिणाम न महिनामा कूल ११ अर्ब ४ करोड आम्दानी गरेको हो । गत वर्षको यही अवधिमा कम्पनीले १० अर्ब ९५ करोड आम्दानी गरेको थियो।

ग्राहकबाट हुने आम्दानी गत वर्षको तुलनामा अत्याधिक घटेको छ। गत वर्ष ग्राहकबाट हुने आम्दानी ९ अर्ब ७७ करोड गरेको कम्पनीले यो वर्ष ९ अर्ब ८ करोड मात्र गरेको छ।

प्रतिवेदन अनुसार २०७९ को १ साउनदेखि ३२ असाढसम्म कम्पनीले गत वर्षको सोही अविधको तुलनामा ८७ करोड ७४ लाख ४० हजार रुपैयाँले आम्दानी बढाएको छ ।

गत आर्थिक वर्षको सुरुवाति तीन महिनामा टेलिकमको कूल आम्दानी १० अर्ब ९५ करोड २३ लाख ४६ हजार रुपैयाँ रहेको थियो ।

चालू आवको पहिलो त्रैमासिकमा टेलिकमको नाफा परिवर्तन हुनुको प्रमुख कारण सञ्चालन आयमा वृद्धि हुनु रहेको छ ।

टेलिकमले डाटा सेवाको प्रयोगमा वृद्धि भएका कारण जीएसएम डाटातर्फ करीब ११ करोड ४० लाख वृद्धि भएको देखिएको छ ।

तर यो अवधिमा भएको कार्यसञ्चालन आयमा कमीले गर्दा यसको आय १० करोडले घटेको छ । अन्तर आवद्धता सम्बन्धी निर्देशिकाअनुसार आन्तरिक र अन्तर आवद्धता शुल्कमा कमी आएको र ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तर आवद्धता आयमा कमी आएको टेलिकमले बताएको छ ।

प्रतिस्पर्धी बजार तथा पूर्वाधारमा लगानी बढाउनुपर्दा आम्दानी तथा नाफामा उत्साहजनक वृद्धि नभएको कम्पनीले उल्लेख गरेको छ।

पछिल्लो समय कम्पनीले इन्टरनेट तथा फोरजी नेटवर्क विस्तारमा लगानी बढाइरहेको छ। यही कारणले आम्दानी तथा नाफामा असर देखिएको कम्पनीले उल्लेख गरेको छ।

कम्पनीले प्रकाशित गरेको विवरण अनुसार गत वर्षको तुलनामा प्रतिशेयर आम्दी पनि घटेको छ। गत वर्षको यही अवधिमा प्रतिशेयर आम्दानी ५०.०६ रुपैयाँ रहेकोमा यो वर्ष ४९.४९ रुपैयाँमा सीमित भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here