दोहोरो अंकले बढ्यो नेप्से, एक कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजारमा दोहोरो अंकले बढेको छ ।

साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक(नेप्से) १३.४० अंकले बढेर १९११.२६ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २३२ कम्पनीको ८५ करोड ९४ लाख ६८ हजार १५८ रुपैयाँ बराबरको २४ लाख ९५ हजार ६१२ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । मंगलवार १ अर्ब २ करोड ३६ लाख ९ हजार ९६० रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये ११ वटाको बढेको छ भने २ वटा घटेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

सिक्लेस हाइड्रोपावर कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३५३.१० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ४प्रतिशत भन्दा बढीले घटेको हो ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावर भएको छ । यसको आज ६ करोड ३ लाख भन्दा बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here