विदेशी विनिमय सञ्चिति १२ खर्ब ४६ अर्ब मौज्दात, ९.६ महिनाको आयात धान्ने

काठमाडौं, ३० कात्तिक । चालू आर्थिक वर्ष असोजमा विदेशी विनिमय सञ्चिति घटेको २.५ प्रतिशतले छ । नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको तीन महिनाको तथ्यांकले यस्तो देखाएको हो ।

अधिल्लो वर्षको तुलनामा विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले बढेको हो। गत असारमा विनिमय सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड बराबर भएको सञ्चिति २.५ प्रतिशतले बढेर १२ खर्ब ४६ अर्ब २२ करोड पुगेको छ। अमेरिकी डलरमा भने यस्तो सञ्चिति ९ अर्ब ५४ करोड रहेकामा ०.६ प्रतिशतले घटेर ९ अर्ब ४८ करोड कायम भएको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये गत वर्ष असारमा नेपाल राष्ट्र बैंकमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकामा असोज मसान्तमा ४.३ प्रतिशतले वृद्धि भई ११ खर्ब ०१ अर्ब ६० करोड पुगेको छ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा असोज मसान्तमा आइपुग्दा ९.३ प्रतिशतले घटेर १ खर्ब ४४ अर्ब ६२ करोड छ।

२०७९ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.८ प्रतिशत छ। सञ्चिति पर्याप्तता सूचक आर्थिक वर्ष २०७९/८० को असोजको आयातलाई आधार मान्दा बैकिंङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.६ महिनाको वस्तु आयात र ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

२०७९ असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः २५.७ प्रतिशत, ६९.५ प्रतिशत र २२.५ प्रतिशत रहेका छन्। गत असार मसान्तमा यी अनुपातहरू क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here