तीन महिनामा सरकारको २ खर्ब ७८ अर्ब खर्च

काठमाडौं। आर्थिक वर्ष २०७९/८० को तीन महिनामा संघीय सरकारले २ खर्ब ७८ अर्ब १७ करोड खर्च गरेको छ।

नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको तीन महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनको तथ्यांक यस्तो देखिएको हो ।

तथ्यांक अनुसार असोजसम्ममा संघीय सरकारले पुँजीगत खर्च १९ अर्ब ६८ करोड खर्च गरेको हाे।

त्यसैगरी चालू खर्च २ खर्ब २३ अर्ब ७५ करोड र वित्तीय व्यवस्था अन्तर्गतको खर्च ३४ अर्ब ७३ करोड छ। असोजसम्ममा संघीय सरकारको कुल राजस्व २ खर्ब ०८ अर्ब ५८ करोड (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत) परिचालन भएको छ।

यसमध्ये कर राजस्व तर्फ १ खर्ब ८९ अर्ब ३८ करोड र गैर कर राजस्वतर्फ १९ अर्ब २० करोड परिचालन भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here