चालु खाता र शोधनान्तर स्थितिमा सुधार

काठमाडौं, ३० कात्तिक । गत वर्षको तुलनामा यस आवको पहिलो तीन महिनामा चालु खाता र शोधनान्तर स्थितिमा सुधार देखिएको छ ।

नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको तीन महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनको तथ्यांक यस्तो देखिएको हो ।

समीक्षा अवधिमा चालु खाता ३४ अर्ब २८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १४९ अर्ब ८१ करोडले घाटामा रहेको थियो ।

यस्तै, यस अवधिमा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ८७ अर्ब ७१ करोडले घाटामा रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here