थप २ ‘एटीआर-७२’ जहाज भित्र्याउँदै बुद्ध एयर

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले थप दुई थान एटीआर-७२ जहाज भित्र्याउने भएको छ । बुद्धले डिसेम्बर २०२२ भित्रै दुई एटिआर जहाज ल्याउन लागेको हो ।

ती दुई जहाजमार्फत सुर्खेत विमानस्थमा उडान भर्ने कम्पनीको योजना रहेको छ । कम्पनीले अहिले ४७ सिट क्षमताको एटीआर–४२ जहाजमार्फत सुर्खेतमा दैनिक एक उडान गर्दै आएको छ ।

बुद्ध एयरसँग हाल ७२ सिट क्षमताका ११, ४७ सिट क्षमताका तीन एटीआर-४२ गरी १४ र दुई बिचक्राफ्ट गरी कुल १६ जहाज छन् ।

बुद्ध एयरले अहिले दुईतर्फी दैनिक एक सय ५० उडानमार्फत ७ हजार ५०० यात्रुलाई सेवा दिइरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आन्तरिकतर्फ दैनिक दुईतर्फी सरदर तीन सय उडान हुने गरेको छ । ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here