कान्तिपुर मलको उपहार योजना: श्यामले मोटरसाइकल र खगेन्द्रले जिते स्कुटर

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित कान्तिपुर मलले सञ्चालन गरेको दशै तिहार योजनाको विजेता सार्वजनिक गरेको छ ।

कान्तिपुल मल व्यवस्थापनले दशै, तिहार र छठ पर्वलाई लक्षित गरेर सञ्चालन घटस्थापनादेखि छठ पर्वसम्म सञ्चालन गरेको उपहार योजनामा लक्की ड्रमार्फत श्याम भट्टराईले मोटरसाइक र खगेन्द्र श्रेष्ठले स्कुटर जितेका छन् ।

कार्तिक महिनाको अन्तिम सम्म मलमा सामान किनमेल गर्ने हरेक ग्राहकले एक हजार रुपैयाँभन्दा माथिको सामान खरिदमा एक वटा उपहार कुपन प्राप्त गरेका थिए।

उपहार विजेता प्रथम पुरस्कार १५० सिसिको यमाहा बाईक लक्की ड्र नम्बर १२५२७ बाट बोहराटार,काठमाडौं बस्ने श्याम भट्टराईले १५० सिसिको यमहा बाईक , दोश्रो पुरस्कार १२५ सिसिको यमाहा स्कुटरका लागी २०१४९ नम्बरबाट उदयपुरका खगेन्द्र श्रेष्ठ , तेश्रो पुरस्कार ४३ इन्चको एमआई कम्पनीको एलईडिका लागी लक्की ड्र नम्बर ०६५२९ बाट मित्रनगरका कपिल कडेल,चौथो पुरस्कार सान्सुई कम्पनीको २०० लिटरको फ्रीजका लागी लक्की ड्र नम्बर २०४३२ बाट तारकेश्वर-७ का मिस्सी विष्टले प्राप्त गरेका थिए।

र अन्य सान्त्वना पुरस्कार पाँच जनालाई यसुदाको इलेक्ट्रिक केटल विजेताको लक्की ड्र नम्बरहरु ०४११३ सन्तोष ज्ञवाली (बुटवल),२७२५९ बाट रोल्पाका जेवि घर्ती मगर, ०९३२६ बाट खनियावास-४ निवासी साजन पौडेल ,१०९९३ र ०६९८१ छ्न् ।

विजेताले अर्धकट्टी सहित एक हप्ता भित्र कान्तिपुर मलमा सम्पर्क गरी उपहार प्राप्त गर्न सक्ने कान्तिपुर मलका महाप्रबन्धक अमर निरौलाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here