आजदेखि शैक्षिक संस्था ५ गतेसम्म बन्द रहने

काठमाडौं । सरकारले चुनावलाई लक्षित गर्दै आजदेखि शैक्षिक संस्थामा बिदा दिइएको छ। आजदेखि ५ गतेसम्म शैक्षिक संस्था बन्द हुनेछन्। 

गृह मन्त्रालयले मतदानस्थल परेका शैक्षिक संस्थामा मंसिर २ गतेदेखि ५ गतेसम्म बिदा दिने निर्णय गरेको हो। 

सरकारी कार्यालय तथा सार्वजनिक निकायमा मंसिर ४ र ५ गते दुई दिन सार्वजनिक बिदा दिने मन्त्रालयले यसअघि नै निर्णय गरिसकेको छ। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते हुँदै छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here