कति पुग्यो अमेरिकी डलर ? यस्तो विदेशी मुद्रा विनिमय दर

काठमाडौं । यूरोपियन मुद्राको भाउ बढेको छ । लगातार खस्किँदै आएको यूरोको भाउ अमेरिकी डलरको तुलनामा केही बढेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३० रुपैयाँ ३५ पैसा र बिक्री दर १३० रुपैयाँ ९५ पैसा कायम गरेको छ। 

युरो एकको खरिद दर १३५ रुपैयाँ ०९ पैसा र बिक्री दर १३५ रुपैयाँ ७३ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५४ रुपैयाँ ९१ पैसा र बिक्री दर १५५ रुपैयाँ ६३ पैसा छ। 

अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ २८ पैसा र बिक्री दर ८७ रुपैयाँ ६८ तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ६३ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ०८ पैसा छ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३४ पैसा र बिक्री दर ९ रुपैयाँ ३८ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ २५ पैसा र बिक्री दर १८ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here