मतदाता परिचयपत्र छैन् ? भोट हाल्न यी कागजात बोकेर जानुस्

काठमाडौं । मतदाता परिचयपत्र नभएर भोट हाल्नबाट बञ्चित हुनु भएको छ ? चिन्ता नलिनुस् । प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको चुनावमा मतदाता परिचय पत्र लिन नपाएकाका लागि परिचय खुल्ने कागजात देखाएर भोट हाल्न पाउने भएका छन् ।

प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको चुनावका लागि तयार पारिएको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा मताधिकार सुनिश्चित गर्न आयोगले यस्तो निर्णय लिएको हो ।

आइतबार हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा मतदानका लागि मतदाता परिचय पत्र अनिवार्य नहुने निर्वाचन आयोगले जनाएको छ ।

अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, जग्गाधनी प्रमाण पुर्जा, राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमति पत्रबाट समेत मतदान गर्न सक्ने व्यवस्था गरेको हो ।

यद्यपि उक्त कुनै पनि प्रमाणपत्रको सक्कलप्रति चाहिने आयोगले उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here