एउटा साधारण शब्द ‘धन्यवाद’, जसले सबै सम्बन्धलाई सुमधुर बनाइदिन्छ

काठमाडौं । पक्कै पनि तपाईंले एक दिनमा धेरै पटक ‘धन्यवाद’ वा उच्चारण गर्नुहुन्छ होला ।

नेपाली भाषाको शब्द ‘धन्यवाद’ भन्नुहुन्न भने पनि अंग्रेजी भाषाको ‘थ्याङ्क यू’ त पक्कै भन्नुहुन्छ होला । अन्य भाषा बाेल्नेहरूकाे लागि पनि धन्यवाद जनाउने आ आफ्नै शब्द छन् ।

‘धन्यवाद’ शब्दले तपाईं सम्बन्धित व्यक्तिप्रति आभारी भएको कुरा व्यक्त गर्दछ । यसको प्रयोग मानिसहरुले आफ्नो कार्यक्षेत्र, स्कुल तथा कलेजहरुमा मात्रै होइन अन्य विभिन्न स्थानमा पनि धेरै प्रयोग गर्ने गर्छन् ।

आजभोली बाबुआमाले आफ्नो बच्चालाई कुनै सहयोग पाएपछि ‘धन्यवाद’ वा ‘थ्याङ्क यू’ भन्नुपर्छ भनेर सानैबाट सिकाउँछन् । विद्यालयमा पनि उनीहरुलाई यो शब्दको प्रयोग गर्न सिकाइन्छ ।

यो शब्द कुनैपनि सम्बन्धमा प्राण तत्वजस्तै भएर प्रस्तुत हुने गर्छ । यही सामान्य शब्द ‘धन्यवाद’बाट तपाईंको व्यक्तित्व, स्वभाव तथा बानीको बारेमा मानिसहरुले मूल्याकंन गर्ने गर्छन् ।

अरुको अगाडी धेरै प्रयोग गरेपनि आफ्नो घरपरिवार, नजिकका साथी तथा आफन्तहरुमा भने यो शब्दको प्रयोगक कमै हुने गरेको पाइन्छ ।

परिवारका सदस्यलाई पनि भन्नुपर्छ ‘धन्यवाद’
हाम्रा अभिभावकहरु हाम्रो आफ्नो तर्फबाट गर्नसक्ने सम्पुर्ण काम गर्नुहुन्छ । दिनरात हाम्रो खुसीको लागि ठूलो मेहनत गर्नुहुन्छ ।

त्यस्तै दाजुभाई, दिदी बहिनीहरु वा श्रीमान श्रीमतीलाई पनि कुनै काममा सहयोग प्राप्त गरेपछि ‘धन्यवाद’ भन्ने बानी विकास गर्नुपर्दछ ।

यस्तो गर्दा आमाबुबा र आफ्नो परिवार प्रति तपाईंको सम्मान बढ्छ । साथै आफ्ना अभिभावकले निस्वार्थ भावनाबाट हाम्रो लागि गरेको कामको बारेमा थाहा हुन्छ ।

बच्चाहरुमा ‘धन्यवाद’ भन्ने बानीको विकास
यदि बच्चाहरुमा सानोबाट नै ‘धन्यवाद’ वा ‘थ्याङ्क यू’ भन्ने बानीको विकास गरेमा उनीहरुमा नम्र भावको विकासु हुने गर्दछ ।

साथै उनीहरुमा अरु मानिसहरुको मेहनत र लगानीलाई सम्मान गर्ने बानीको पनि विकास हुने गर्दछ ।

साथी साथी बीचमा ‘धन्यवाद’

हुन त अंग्रेजीमा एउटा भनाई पनि छ ‘नो सरी एण्ड नो थ्याङ्क यू इन फ्रेन्डसिप’ अर्थात साथीभाईमा के माफी माग्नु पनि पर्दैन र धन्यवाद पनि भनिराख्नु पर्दैन । तर, यो कुरा सुन्नमा मात्र राम्रो लाग्छ । यदि तपाईंको साथीले तपाईंको लागि केही गरेको छ भने उसलाई किन धन्यवाद नभन्ने ?

विश्वास गर्नुस, सामान्य शब्द ‘धन्यवाद’ले तपाईंको मित्रतामा प्रेमको साथै सम्मानको भावनाको पनि विकास गर्छ ।

‘धन्यवाद’को सकारात्मक प्रभाव
तपाईं जसलाई ‘धन्यवाद’ भन्नुहुन्छ उसमा यसको सकारात्मक प्रभाव पर्छ । उसलाई पनि आफूले गरेको कामको राम्रो मूल्याङ्कन भईरहेको छ भन्ने विश्वास हुन्छ । अर्को पटक पनि तपाईंलाई सहयोग गर्न उ तयार हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here