कुमारी र एनसीसी बैंकको स्वाप रेसियो टुंगियो, समान हैसियतमा गाभिने

काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श बैंक समान हैसियत अर्थात् १ः१ स्वाप रेसियोमा गाभिने भएका छन् ।

संयुक्त मर्जर समितिले प्रस्ताव गरेको अनुपात बैंकको सञ्चालक समितिले स्वीकृत गरेको छ।

मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड रूपैयाँ पुग्नेछ। हाल कुमारी बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड छ भने एनसिसीको ११ अर्ब १४ करोड छ।

मर्जरमा जाने निर्णय गरेका दुबै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन (डीडीए रिपोर्ट) र अन्य विविध पक्षको विश्लेषणका आधारमा समान हैसियत रहने भएको हो ।

एनसिसीले यसपटक ३.३६ प्रतिशत बोनस सेयर समेत दिने प्रस्ताव गरेकोले सो सँगै मर्जर पछि बन्ने बैंकको पुँजी २६ अर्ब २२ करोड पुग्ने भएको हो।

मर्जरपछि बैंकको शाखा संख्या तीन सय ५५ पुग्नेछ भने एटिएम संख्या तीन सय ५१ पुग्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here