राजश्व चुहावट र विदेशी विनिमय अपचलन गर्ने एक पक्राउ

काठमाडाैं, १४ साउन । महानगरीय अपराध महाशाखाले राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरेकाे छ ।

भाेजपुर षडानन्द नगरपालिका–३ जिमिगाँउ घर भइ हाल काठमाडौँको उत्तरखेल बस्ने ४४ वर्षीय कमलबहादुर श्रेष्ठलाई महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले मंगलबार बिहान पक्राउ गरेको हो ।

गाेप्य सूचनाका आधारमा उनलाई काठमाडौँ महानगरपालिका–७ सुकेधाराबाट उनलाई पक्राउ गरेको महाशाखाकाले जानकारी दिएकाे छ ।

मकवानपुर जिल्ला अदालतमा राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन मुद्दाका फरार प्रतिवादी भएकाले श्रेष्ठलाई आवश्यक कारवाहीका लागि आजै हेटौँडा पठाईएको पनि महाशाखाले बताएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here