होटेलबाट के के चोर्न पाइन्छ ?

मंगलबार इन्डोनेसियाको बालीबाट आएको एक भिडियो संसारभर भाइरल बन्यो ।

भारतीय पर्यटकले इन्डोनेसियाको बालीमा एक होटेलबाट चेकआउट गर्दा होटेलबाट सामान चोरेको प्रमाणित भएपछि बनाइएको भिडियोले भारतीय नागरिकलाई लज्जाबोध पक्कै बनायो । तर, सम्झनुस त कतै तपाई पनि होटेलमा कसैले देखेको छैन भन्ने भ्रममा परेर होटेल भित्रका सामान ब्यागमा हाल्ने कोशिस त गर्नु भएको छैन ?

इण्डोनेसियामा भारतीय पर्यटक यस कारण पनि पक्राउ परे, किनकी उनीहरुले होटेलको हेयर ड्रायरसमेत कुम्ल्याउन भ्याइसकेका थिए । यो पत्ता पाएका होटेलका स्टाफले ती पर्यटकप्रति कुनै सम्मान नभएको बताइरहेका थिए । तर, पर्यटक भने अन्जानवश यसो गरेको भन्दै माफि मागिरहेका थिए । आज हामीले यहाँ जानकारी दिएका छौं, आफू बसेको होटलबाट के के ल्याउन पाइन्छ ।

तपाईलाई यसबारे जानकारी दिनेछौं, ताकी कोही पनि पाहुना होटेलबाट चेकआउट गर्ने समय लज्जावोध गर्नु नपरोस ।

तपाईले होटेलमा राखेका टुथ ब्रस, तुथ पेस्ट, नुहाउने साबुन, सनब्लक क्रिम, स्याम्फ्यूजस्ता दैनिक प्रयोगका सामान बोकेर हिँड्दा पनि होटेल वालाले कुनै मतलव गर्ने छैन । किनकी यी सामान व्यक्तिगत प्रयोजनका लागि मात्र उपयोग हुने गरी राखिएका हुन्छन् ।

कपालमा लगाउने जेल, तेल, कन्डिसनर, ट्वाइलेट पेपर र नुहाउँदा जीउ मिच्ने जालीसमेत तपाईले बोकेर हिड्न सक्नुहुन्छ । दारी काट्ने मेसिन, ब्लेड र क्रिमहरु छन् भने त्यो पनि उठाउनुस ।

लन्ड्री ब्याग पनि तपाईले आफ्नो झोला भित्र राख्दा होटेल वालाले ‘माइन्ड’ गर्ने छैन । कोठा भित्रमात्र लगाउन मिल्ने चप्पल राखिएको हुन्छ । त्यो पनि तपाईले चोर्न सक्नुहुन्छ । यसलाई होटेलवालाले त्यति गम्भीर रुपमा लिँदैन ।

होटेलमा चिया, कफी, चिनी र अन्य मसला राखिएका साना प्याकेटहरु हुन्छन् । ति सामान पनि निर्धक्क साथ बोक्नु भए हुन्छ । तर, काटा, चम्चा, किट्ली, कप जस्ता सामान उठाउने भूल नगर्नु होला ।

होटेलबाट धेरै चोरी हुने टावल, पर्दा, तन्ना, ह्यांगर, आइरनजस्ता वस्तु हुन । यी सामान कहिल्यै पनि नचोर्नुहोस ।

वाटर बोटल, स्टेशननरीका सामान छन् भने ति सामान पनि ब्यागमा राख्नुहोस । केही फरक पर्दैन । तर, प्mलोर ल्याम्प, टेवल ल्याम्प, घडी, स्टूल, टिभी, टेलिफोन, रिमोर्ट, ब्याट्री, भित्तामा झुण्डाइएका आर्ट तथा पेन्ट्स, पर्दा, बल्ब, सिरानी तथा बेडकभर जस्ता सामान उठाउने चेष्टा नै नगर्नुहोस ।

किनकी मंगलबार भाइरल भएको भिडियोमा पाहुनाले भनिरहेकान छन्, ‘माफ गर्नुहोस, म यी सामानको पैसा तिर्छु’ । तर, होटेल कर्मचारी भन्छन्, ‘तपाई पैसावाला हुनुहुन्छ, तर तपाईको यस कामले तपाई सम्मान गर्न लायक भने हुनुहुन्न ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here